‘महिला आर्थिक रूपमा आत्मनिर्भर बन्नुपर्छ’ [भिडिओसहित]

काठमाडौं । विपक्षी नेकपाकी नेतृ पम्फा भुसालले महिला आर्थिक रुपमा आत्मनिर्भर बन्नुपर्ने बताएकी छन् ।  अनेरास्ववियुद्वारा काठमाडौंमा आयोजित १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई सम्बोधन गर्दै नेतृ भुसालले यस्तो बताएकी हुन् ।

५० प्रतिशतभन्दा बढी संख्यामा रहेका महिलाले सबै क्षेत्रमा ५० प्रतिशतभन्दा बढी अधिकार प्राप्तिको निम्ति आन्दोलन गर्नुपर्ने बताउकी नेतृ भुसालले भनेकी छन्, ‘हामी ५० प्रतिशतभन्दा बढी रहेका महिलाले ५० प्रतिशतभन्दा बढी सबै क्षेत्रमा अवसर पाउनुपर्छ । एकातिर पाएका अधिकारको कार्यान्वयनका लागि लड्नुपर्ने अवस्था छ भने अर्कातिर नपाएका अधिकारको निम्ति आन्दोलनलाई निरन्तरता दिनुपर्नेछ ।’

संविधानतः, कानूनतः नेपाली जनता र नेपाली महिलाले धेरै अधिकार पाएको कुरालाई स्वीकार्य भएपनि कार्यान्वयनको पाटोमा चुनौती रहेको नेतृ भुसालले औंल्याइन् । ‘कार्यान्वयनको तहमा चुनौती छ,’ भुसालले भनिन्, ‘राष्ट्र प्रमुखदेखि न्यायपालिकालगायतका विभिन्न क्षेत्रमा महिलाको प्रतिनिधित्व भएको छ । तर, संविधानले व्यवस्था गरेका सबै अधिकार सबै ठाउँमा लागू भइराखेका छैनन् ।’

प्रतिक्रिया