नेपालको महिला नेतृत्व विश्वकै लागि अनुकरणीय : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको महिला सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहँदै आएको बताएका छन् । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहँदै आएको उनको भनाई छ । ‘नेपालको ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनमा महिला सहभागिता उल्लेख्य छ,’ प्रधानमन्त्रीले भनेका छन्, ‘सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको छ ।’

उनले जागरुकताको अभावका कारण महिला र पुरुष बराबरी भनिए पनि समाजमा भेदभाव र असमानताहरु कायमै रहेको बताए । ‘अज्ञानता र कुरीतिको आड लिएर भएका खराव अभ्यासका कारण वोक्सी, छाउपडी, दाइजो, बालबिवाह र जातीय विभेदजस्ता उत्पीडनकारी अवशेष कायमै छन् । यसले महिलामाथि दुर्व्यवहार र हिंसालाई दुरुत्साहन गरिरहेको छ,’ उनले भने, ‘यसखाले अपराधलाई निरुत्साह गर्न समाजका सबै पक्षले सहकार्य गरी रचनात्मक रुपमा जनचेतना जगाउनु आवश्यक छ ।’

विभिन्न प्रकार र स्वरुपका लैङ्गिक विभेद, हिंसाका घटनालाई जरैदेखि निर्मूल गर्न सरकारले शून्य सहनशीलताको नीति लिएको ओलीको भनाई छ । त्यस्ता अपराधिलाई कडा कारवाही र पीडितलाई उचित क्षतिपूर्ति समेतको कानूनी व्यवस्था गर्दै नैतिक शिक्षा र सचेतनाका कार्यक्रमहरु निरन्तर गरिरहेको प्रधानमन्त्री ओलीले बताए ।

पढ्नुस् शुभकामनाको पूर्णपाठ :-

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977062040″ /]

प्रतिक्रिया