चाबहिलमा होलसेल तरकारी तथा फलफूल बजारको उद्घाटन

काठमाडौं । चाबहिल तरकारी तथा फलफूल होलसेल कृषि बजारको उद्घाटन भएको छ । शनिबार आधुनिक कृषि बजारका अध्यक्ष रविन्द्र ज्वारचनको अध्यक्षतामा बजारको उद्घाटन गरेको हो ।

कृषि बजारमा रहेका २ सय ५० स्टलमार्फत् अर्गानिक तरकारी तथा फलफूलहरू सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै सम्पूर्ण उपभोक्ताहरुले रोजीरोजी, ताजा र चाहेजस्तो तरकारी तथा फलफूल खरिद गर्न पाउने बताइएको छ ।

माइती नेपालकी अध्यक्ष तथा सामाजिक अभियन्ता अनुराधा कोइरालाले रिबन काटेर उक्त कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

सम्पूर्ण उपभोक्तालाई उचित मूल्यमा सबै प्रकारका तरकारी तथा फलफूल उपलब्ध गराउनु बजारको मूख्य उद्देश्य भएको त्यहाँ उपस्थित व्यवसायीले बताए ।  बजार चाबहिलस्थित ओम् अस्पतालको पछाडीपट्टि अवस्थित छ ।

प्रतिक्रिया