प्रतिनिधि सभा बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरुले नाराबाजी गरेपछि बैठक स्थगित भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँसेर बैठक स्थगित गरेको जानकारी गराएका छन् । सरकारले प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेसँगै पहिलो बैठकमै विपक्षी नेकपाले बैठक बहिस्कार गरेको थियो । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका कारण बैठकमै कांग्रेस र जसपाले नाराबाजी गरेका थिए । नाराबाजीकै कारण १० मिनेटका लागि स्थगित गरिएको बैठक सूचनामार्फत् बुधबारसम्मका लागि स्थगित भएको जानकारी गराइएको हो ।

संविधानको मर्मविपरीत ल्याएको संवैधानिक परिसद्सम्बन्धी अध्यादेश फिर्ता गर्न माग गर्दे प्रतिनिधि सभा बैठकमा नाराबाजी भएको थियो ।

प्रतिक्रिया