जनतालाई ‘प्रयोगशाला’को रुपमा प्रयोग गर्दैनौँ : स्वास्थ्यमन्त्री [भिडिओसहित]

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आफूहरुले जनतालाई ‘प्रयोगशाला’को रुपमा प्रयोग नगर्ने बचन दिएका छन् । शनिबार कोभिड उन्नाइसविरुद्धको दोस्रो चरणको खोपसम्बन्धी अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुको जिज्ञासामा मन्त्री त्रिपाठीले यस्तो बताएका हुन् ।

नेपालमा कोभिडविरुद्धको खोप ‘कोभिशिल्ड’को प्रभावकारिता राम्रो भएको बताउँदै मन्त्री त्रिपाठीले भनेका छन्, ‘हामी विश्वासिलो काम गरेर अगाडि बढ्ने कोशिश गरेका छौँ,’ मन्त्री त्रिपाठीले भनेका छन्, ‘हामी नेपाली जनतालाई कहिल्यै प्रयोगशालाको रुपमा प्रयोग गर्दैनौँ । यो ट्रायल हुँदै होइन ।’

कोभिशिल्डको प्रभावकारिता ७१ प्रतिशत भएको स्मरण गराएका मन्त्री त्रिपाठीले प्राथमिकताका आधारमा सबैले खोप सेवा पाउने बताए । ‘नेपालमा पनि यसको प्रभाव राम्रै छ हामीले बुझेअनुसार,’ मन्त्री त्रिपाठीले भनेका छन्, ‘र त्यसलाई हामीले परिणाममा पनि हेर्न सकिन्छ । अहिलेसम्म मन्त्रालयसँग भएको डेटाअनुसार यसको प्रभाव राम्रो छ ।’

 

प्रतिक्रिया