‘परिश्रमी’का पुस्तक र गीत सार्वजनिक

काठमाडौँ । कवि तथा गीतकार डीपी दाहाल ‘परिश्रमी’को पुस्तक ‘अन्तर्मनका सुसेली’  र म्युजिक भिडियो ‘क्षितिज पारी’ सार्वजनिक भएको छ । काठमाडौँमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशी थिए ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा रहेको वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाले पनि २ कृतिका लागी ‘परिश्रमी’ लाई बधाई दिए । प्रताप दास र रचना रिमालले गाएको गीतलाई पुरुषोत्तम न्यौपानेले सङ्गीत गरेका छन् । भिडियो उत्तम श्रेष्ठ शिशिरले निर्देशन गरेका छन् । सुधीर श्रेष्ठ र अंशु न्यौपानेको अभिनय भिडियोमा रहेको छ । भिडियोलाई ज्ञानेन्द्र हुमागाईँ शर्माले खिचेका छन् भने अमृत चापागाईँले सम्पादन गरेका छन् ।

प्रतिक्रिया