मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

विद्रोही पक्ष मूलधारको राजनीतिमा आउनु स्वागतयोग्य : कमल थापा

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विद्रोही पक्ष शान्ति र स्थायित्व कायम गर्न मूलधारको राजनीतिमा आउनु स्वागतयोग्य भएको बताएका छन् ।

उनले विद्रोही पक्षले शान्तिप्रक्रियामा आएको विश्वास दिलाउन आफूसँग भएका हातहतियार राज्यलाई बुझाउनुपर्ने पनि बताए । अध्यक्ष थापाले शान्तिपूर्ण राजनीतिमा आए भन्दैमा हुँदैन, प्रतिबन्धित भएकाले हतियार बुझाएर शान्तिपूर्ण राजनीतिमा आएको विश्वास दिलाउन सक्नुपर्ने बताए ।

बुटवलमा आजदेखि सुरु भएको पार्टी निकट पत्रकारको संगठन मिडिया नेपालको राष्ट्रिय भेलामा अध्यक्ष थापाले शान्ति र स्थायित्वका लागि राज्यपक्ष जिम्मेवार बन्नुपर्ने बताए ।

राप्रपाका नेता तथा पूर्वमन्त्री दीपक बोहोराले मिडिया खेमाबन्दीमा परेकाले सत्यतथ्य र निष्पक्ष समाचारले ठाउँ नपाएको बताए । मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष भरत केसी, संविधानसभा सदस्य विनोद पहाडी, वरिष्ठ पत्रकार बालकृष्ण चापागाईलगायतले शुभकामना दिएका थिए ।-रासस

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com
Makalukhabar.com