कृष्ण लीलाको दोस्रो गीत ‘डियर बन्न मन छ’ सार्वजनिक

काठमाडौँ । चलचित्र कृष्ण लीलाको दोस्रो गीत ‘डियर बन्न मन छ’ सार्वजनिक भएको छ । गीतमा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, भावना गुरुङ र रवीन्द्र झा फिचर्ड छन् । निशान भट्टराई र समीक्षा अधिकारीको स्वर रहेको गीतमा नारायण प्रसाद बास्कोटाको शब्द र अर्जुन पोखरेलको सङ्गीत छ । कोरियोग्राफी भने रामजी लामिछानेको रहेको छ ।

चैत २७बाट प्रदर्शनमा आउने चलचित्रको प्रस्तुत कर्ता रोहित कट्टेल रहेका छन् । दीपक ओलीले निर्देशन गरेको चलचित्र प्रकाश राज कार्की र केवल तामाङ मिलेर निर्माण गरेका हुन् । चलचित्रमा पुष्प र श्रद्धा सँगै बुद्धि तामाङ, रवीन्द्र झा, भावना गुरुङ लगायतको अभिनय रहेको छ । चलचित्र शिव ढकाल र बाबु श्रेष्ठले खिचेका हुन् ।

प्रतिक्रिया