मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

राज्यलाई हतियार बुझाउने बुँदा खोइ ? : विश्वप्रकाश

काठमाडौं । सरकार र नेत्र विक्रम चन्द विप्लवबीच भएको सहमतिको स्वागत गरेको नेपाली कांग्रेसले विप्लव पक्षसँग भएका हतियारबारेको मौनताप्रति प्रश्न उठाएको छ ।

कांग्रेसका प्रवक्ता व्रिश्वप्रकाश शर्माले ट्वीट गर्दै विप्लव पक्षसँग रहेका हतियारबारे सम्झौतापत्र मौन रहेकोप्रति प्रश्न उठाएका हुन् ।

उनले ट्वीटमा यसअघि तत्कालीन माओवादी शान्ति प्रक्रियामा आउँदा केही हतियार खोलाले बगाएको भनिएकोमा अहिले पुरै हतियारबारे केही उल्लेख नभएको र यसको जवाफ सिंगो देशले चाहिरहेको बताएका छन् । ट्वीटमा उनले लेखेका छन्‚
‘प्रचण्ड आउँदा `खोलाले बगायो´ थोरै हतियार, विप्लव आउँदा पुरै ? राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ ? सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ !!’

यस्तै प्रवक्ता शर्माले अब कम्युनिस्ट दर्शनका नाममा आमनागरिक मारिने छैनन् भन्ने साझा उद्घोष गर्न पनि कम्युनिस्ट पार्टीहरुलाई आग्रह गरेका छन् ।

अर्को ट्वीटमा शर्मा लेख्छन्‚ ‘सहमतिलाई स्वागत l ०२८ मा केपी-सिपी, ०५२ मा प्रचण्ड-बाबुराम, अहिले विप्लव-प्रकाण्ड l `रेड बुक´, नाम र काम उस्तै, परिणाम उस्तै ! नेपालको पुरै कम्युनिस्ट आन्दोलनलाई आजको मितिमा केवल एक प्रश्न- कम्युनिस्ट दर्शनका नाममा कोही नेपाली अब मारिने छैनन्, साझा उद्घोष गर्ने बेला भएन कमरेडहरु ?’

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com