मोटरहेड बाइकको अर्को थ्रीएस सोरुम अब बुटवलमा

बुटवल । बुटवलको तिलोत्तमामा मोटरहेड बाइकको नयाँ सोरुम लुम्बिनी टु ह्विलर्स शुभारम्भ भएको छ । नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु) का अध्यक्ष जीवन अधिकारीको प्रमुख आतिथ्यतामा सोरुम उद्घाटन गरिएको हो । कार्यक्रममा नाटुका प्रदेशस्तरीय पदाधिकारी, मिडिया सहकर्मी र स्थानीय व्यक्तिहरुको सहभागिता थियो ।

सो अवसरमा नाटुका अध्यक्ष अधिकारीले युवा वर्गको रोजाइमा परेको मोटरहेड बाइकको थ्रीएस सोरुम शुभारम्भ गर्न पाउँदा खुसी व्यक्त गर्दै बिक्रीका साथै बिक्री पछिको सेवाका लागि पार्ट्स र सर्भिसिङ समेत पाएर ग्राहक लाभान्वित हुने विश्वास व्यक्त गरे ।

लुम्बिनी टु ह्विलर्सका म्यानेजिङ डाइरेक्टर सुनिल भुसालले ग्राहकलाई चाहिने सेवा र सुविधालाई मध्यनजर गर्दै आगामी दिनमा ग्राहकमुखी अफर र सेवा प्रदान गर्दै अगाडि बढ्ने बताए । आफूले समेत मोटरहेडको स्क्र्याम्ब्लर बाइक चढिरहेको र यसबाट प्रभावित भएरै डिलर सञ्चालन गर्न हौसिएको उनको जिकिर थियो ।

नेपालमा मोटरहेड बाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडको तर्फबाट जनरल म्यानेजर उज्वल जोशीले कम्पनीको भिजन र विभिन्न मोडलका बाइकको वारेमा जानकारी गराउँदै सदैव ग्राहकको सेवामा समर्पित भइरहने बताए ।

बिक्री शुभारम्भको अवसरमा बुटवलस्थित उक्त सोरुममा फागुन २१ देखि २३ गते सम्म एक्सचेन्ज र फाइनान्स सुविधा उपलब्ध हुनेछ । यसअन्तर्गत जुनसुकै ब्रान्डका पुराना बाइकसँग नयाँ मोटरहेड बाइक साट्न सकिनेछ । यसका लागि बजारमा प्रचलित मूल्यभन्दा थप १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

नयाँ बाइकमा १० हजार रुपैयाँ छुट र निःशुल्क हेलमेट उपलब्ध हुनेछ ।

नेपाली बजारमा मोटरहेडका विभिन्न ७ मोडलका बाइक उपलब्ध छन् । तीमध्ये टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार र स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ छ ।

त्यसैगरी एक्स टर्क र एमएच १५० आरको मूल्य क्रमशः ३ लाख ८० हजार र २ लाख ८८ हजार पर्छ ।

प्रतिक्रिया