प्रचण्ड-नेपाल पक्षमा खुले १ सय ११ सांसद, ४ जना आउन बाँकी रहेकाे दाबी

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षले बोलाएको संसदीय दलको बैठकमा १ सय ११ जना सांसद उपस्थित भएका छन् ।

सिंहदरबारमा बसेको बैठकमा १ सय ११ जना सांसदको उपस्थिति रहेको र चारजना काठमाडौँ बाहिर भएकाले बैठकमा आइनपुगेको जानकारी गराएको सांसद भवानी खापुङ्ले मकालु खबरलाई जानकारी दिए ।

नेकपाबाट प्रतिनिधिसभामा १ सय ७४ जना सांसद रहेकोमा एकजनाको निधन भएको छ । सांसदहरु लालबाबु पण्डित र तुलसा थापा दुवै पक्षमा नखुल्ने बताउँदै आएका छन् । प्रतिनिधि सभाका अध्यक्षले भने भोट गर्न नपाउने व्यवस्था छ ।

संघीय संसदका दुवै सदनमा गरी नेकपाका २ सय २४ जना सांसद रहेकाेमा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, निधन भएका सांसदसमेत गरि २ सय २० जनाले मतदान गर्न पाउनेछन् । याे संख्यालाई आधार मान्दा १ सय ११ जना आफुसँग राखिराख्न सके प्रचण्ड-नेपाल पक्षसँग सामान्य बहुमत पुग्ने देखिएकाे छ ।

‘भोली अर्को पक्षले बैठक बोलाएको सन्दर्भमा आजको बैठकमा उपस्थित भएर हाजिरै गरेपछि उहाँहरू सबै प्रचण्ड-नेपाल पक्षकै रहेको पुष्टि भएको छ‚’ सांसद खापुङले भने ।

नेकपाको ओली पक्षले भोलि शनिबार संसदीय दलको बैठक बोलाएको छ ।

प्रतिक्रिया