विश्व स्वास्थ्य सङ्गठनका कारण चलचित्र हल ठप्प : गोपाल काजी कायस्थ

काठमाडौँ । चलचित्र निर्माता तथा वितरक गोपाल काजी कायस्थले विश्व स्वास्थ्य सङ्गठनका कारण चलचित्र हलमा लाग्न नसकेको बताएका छन् ।

उनका अनुसार डब्लुएचओले व्यवस्था गरेको नियमअनुसार चलचित्र चलाउन समस्या भएको छ । हलमा आधामात्रै दर्शक राख्न सकिने नियम भएका कारण निर्माताले तयारी अवस्थामा रहेका चलचित्र समेत प्रदर्शन गर्ने हिम्मत गरेका छैनन् । तसर्थ चलचित्र हल सुनसान हुनुमा अरू कोही नभएर विश्व स्वास्थ्य सङ्गठन दोषी रहेको उनको तर्क छ ।

काठमाडौँमा आयोजित ‘आँधी तुफान २’ को औपचारिक घोषणा कार्यक्रममा बोल्दै उनले हलका सबै सिटमा बस्ने व्यवस्था नभएसम्म चलचित्र चलाउन गाह्रो हुने बताए । निर्माताको लगानी यसै पनि उठ्न गाह्रो हुनेमा दर्शकको सङ्ख्या आधा हुँदा निर्माता डुब्ने बताउँदै सङ्गठनले यस विषयमा सोच्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया