१२ दिनदेखि किशाेरी सम्पर्कविहीन

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका-७ निवासी १७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन भएकी छन् ।  खैरेनीटार माध्यमिक विद्यालय कक्षा-१० मा अध्ययनरत अस्मिता सुनार सम्पर्कविहीन भएकी हुन् ।

फागुन ९ गते राति ९ बजे घरको पछाडि भागबाट हामफालेर भागेको हुनसक्ने दाजु राजेश सुनारले जानकारी दिए । ‘घरको अगाडि भागबाट गएको भए घरपरिवार सबैलाई थाहा हुन्थ्यो, ‘ उनले भने, ‘घरको पछाडि भागबाट हामफालेर गएकाले कसैले पनि थाहा पाउन सकेनौँ ।’

बहिनी हराएपछि जानकारी पाएलगत्तै सम्भावित नदीनाला र आफन्त इष्टमित्र सबैतिर खोजतलास गरे पनि भेट्टाउन नसकिएको उनले बताए । उनीसँग मिल्ने साथीलाई बोलाएर सोधपुछ गर्दा पनि कुनै जानकारी हुन नसकेको उनले बताए ।

प्रतिक्रिया