फ्राइडे रिलिज : चलचित्र गोर्खे

काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत आजबाट चलचित्र ‘गोर्खे’ प्रदर्शनमा आएको छ । यस अघि चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ माघ १गते प्रदर्शनमा आएको थियो । कोभिड १९का कारण करिब एक वर्ष चलचित्र घर खाली थिए । चलचित्र गोर्खे प्रदर्शनसँगै चलचित्र हल चलायमान हुने अपेक्षा गरिएको छ ।

कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तीर्थराम कोजु तथा हरि थापाले निर्माण गरेको चलचित्रमा ‘गोर्खे’ बन्ने सपना बोकेका ५ युवाको कथा छ । चलचित्रमा रविन्द्रप्रताप सेन, अर्जुन गुरुङ, अञ्जली अधिकारी, एन्जेल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठ, बाल्दिप राईलगायतको पनि अभिनय छ । काजी लिम्बुको कथा रहेको चलचित्रमा हिमाल केसीको द्वन्द्व, सौरभ लामा र नीरज कँडेलको छायाङ्कन, मित्र डी गुरुङको सम्पादन, छिन्दु पाख्रिन र हरि लम्सालको सङ्गीत छ । चलचित्र सन्तोष ढकालले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया