आकाश र पुजा अभिनित ‘प्राण पियारी’ सार्वजनिक

काठमाडौँ । आकाश श्रेष्ठ र पूजा शर्माको अभिनय रहेको गीत ‘प्राण पियारी’ सार्वजनिक भएको छ । यस गीतमा मेलिना राई र नरेन्द्र वल्लभ पन्थले स्वर भरेका छन् ।

डिपी खनालको शब्द रहेको गीतमा शंकर थापा ‘स्माईल’ को संगीत तथा उदय राज पौडेलको संगीत संयोजन रहेको छ ।

उत्सव दाहालले खिचेको भिडियोमा नन्द अधिकारीको शृंगार रहेको छ । प्रमोद के भण्डारीको कोरियोग्राफी रहेको गीतमा सुव्रत राज आचार्यको निर्देशन रहेको छ । भिडियोमा विकास दाहालको सम्पादन रहेको छ । आकाश र पूजाको सम्बन्ध बिग्रिएको खबर आइरहदा यो गीतले दर्शकको मनमा मल्हम लगाउने काम गरेको छ ।

प्रतिक्रिया