‘प्रेमगन्ज’ मा अडिसनमार्फत् कलाकार छानिने

काठमाडौँ । चलचित्र ‘प्रेमगन्ज’ को लागि कलाकारको खोजी सुरु भएको छ ।

स्पट ब्वाईको रूपमा लामो समयदेखि काम गर्दै आएका राजु फुयाँल निर्माता रहेको यस चलचित्रका लागि एक जना नायक र दुई जना नायिका तथा अन्य चरित्र अभिनेताको खोजी गरेर अडिसन हुने बताइएको छ ।

चौतारीको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा परिच्छेद सेनको निर्देशन रहेको छ भने कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ रहेका छन् । चलचित्रको अडिसन कान्तिपुर फिल्म एकेडेमी थापागाँउमा फागुन २७ गते बिहीबार हुने निर्माण टोलीले बताएको छ ।

नेपाली चलचित्र क्षेत्रमा अडिसनमार्फत् नै कलाकार छान्ने प्रचलन पछिल्लो समय सुरु भएको छ । समूहवाद नातावादलगायतको विषय उठिरहेकोमा यस प्रकारबाट कलाकार छान्दा प्रतिभाशाली कलाकारले स्थान पाउने विश्वास निर्माण टिमको छ ।

प्रतिक्रिया