भारतमा कोरोना संक्रमण बढ्दो, एकैदिन १७ हजार बढी संक्रमित

काठमाडाैं । छिमेकी मुलुक भारतमा पछिल्लाे समय काेराेना संक्रमणकाे ग्राफ पुनः उकालाे लागेकाे छ । पछिल्लाे २४ घण्टामा १७ हजार बढीमा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ८९ जनाकाे मृत्यु भएकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

महाराष्ट्र, पञ्जाब, गुजरात, मध्ये प्रदेश, दिल्ली, हरियाणा र कर्नाकाटमा संक्रिमत हुने क्रम बढ्दाे छ । स्वास्थ्य मन्त्रालयले जारी गरेकाे तथ्यांक अनुसार पछिल्लाे २४ घण्टामा भारतभर १७ हजार ४०७ जना काेराेना संक्रमित थपिएका छन् ।

याेसँगै कुल संक्रमितकाे संख्या एक कराेड ११ लाख ३९ हजार ५१६ पुगेकाे छ । संक्रमितमध्ये एक कराेड ८ लाख २६ हजार ७५ जना निकाे भइसकेका छन् । यस्तै मृतक संख्या एक लाख ५७ हजार ४३५ पुगेकाे छ । सक्रिय संक्रमित संख्या एक लाख ७३ लाख ४१३ रहेकाे छ ।

भारतमा अहिले काेराेनाविरूद्धको खोप अभियानकाे दाेस्राे चरण चलिरहेकाे छ । देशभरमा अहिलेसम्म १.६६ कराेडभन्दा बढी मानिसले खाेप लगाइसकेका छन् । यसका बाबजुद पनि त्यहाँ संक्रमण झन् बढिरहेकाे पाइएकाे छ ।

प्रतिक्रिया