कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । पछिल्लो राजनीतिक अवस्थामा पार्टीको भूमिकाबारे छलफल गर्न नेपाली कांग्रेको पदाधिकारी बैठक आज (बिहीबार) बस्दैछ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार दिउँसो २ बजे पदाधिकारी बैठक बस्न लागेको हो ।

बैठकमा पुर्व पदाधिकारीलाई पनि बाेलाइएकाे छ ।

बैठकमा फागुन २३ गते बस्ने संसद बैठकमा पार्टीले निर्वाह गर्ने भूमिका, प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव, नयाँ सरकार गठन लगायत विषयमा छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

कांग्रेसको संसदीय दलको बैठक विहीबार नै बस्दैछ । केन्द्रीय समितिको बैठक शनिबार बस्ने तयारी छ ।

प्रतिक्रिया