सुनकाे मूल्य आज घट्याे (मूल्यसहित)

काठमाडाैं । सुनकाे मूल्य बिहीबार ओरालो लागेको छ । बुधबार प्रतिताेला ८७ हजार ५ सयमा काराेबार भएकाे छापावाला सुनकाे मूल्य आज एक हजारले घटेर ८६ हजार ५ सयमा काराेबार भइरहेकाे छ ।

यस्तै तेजाबी सुन आज ८६ हजार ५० मा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार तेजाबी सुनकाे मूल्य प्रतिताेला ८७ हजार ५० रूपैयाँ ताेकिएकाे थियाे ।

चाँदीकाे मूल्य पनि बिहीबार घटेकाे छ । बुधबार एक हजार ३१५ मा कारोबार भएको चाँदीकाे मूल्य आज एक हजार २८५ मूल्य निर्धारण भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया