२ वर्षपछि ‘विप्लव’ सार्वजनिक हुँदै

काठमाडौं । २ वर्षपछि नेत्र विक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् । सरकारसँग ३ बुँदे सहमति भएसँगै प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सार्वजनिक हुने भएका हुन् ।

विप्लव २१ फागुन (भोलि) एक समारोहबीच सार्वजनिक हुँदैछन् । जहाँ, प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन् । उक्त समारोहलाई विप्लव र ओली दुवैले सम्बोधन गर्ने कार्यक्रम तय भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए ।

सरकारले गरेको वार्ताको आग्रहलाई नकार्दै विध्वंसात्मक गतिविधिलाई बढावा दिएपछि विप्लव समूहलाई सरकारले गत २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो ।

अन्ततोगत्वाः विप्लव आफैँले वार्ताका लागि सकारात्मक भएको बताएका थिए । तत्पश्चात् सरकारले विप्लवसँग वार्ता गरेको थियो । तीन चरणको वार्ताबाट सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएको छ । सहमतिअनुसार नै शुक्रबार विप्लव सार्वजनिक हुनेभ एका हुन् ।

प्रतिक्रिया