आज देशभरका अदालत बन्द

काठमाडौँ । आज (बिहीबार) देशभरका अदालत बन्द हुने भएको छ । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक बिदा दिने निर्णय गरेकाे सहप्रवक्ता देवेन्द्र ढकालले बताए ।

उनका अनुसार आज सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवम् अन्य अदालत सबै बन्द हुनेछन् ।

पूर्वप्रधानन्यायाधीश सिंहको यही फागुन १८ गते साँझ निधन भएको थियो । सर्लाहीमा १९८८ साल फागुन ३ गते जन्मिएका सिंहले २०१० सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गरेका थिए । उनी २०५२ साल असोज १० गते प्रधानन्यायाधीश पदमा नियुक्त भएका थिए ।

उनले २०५३ फागुन ३ गतेसम्म प्रधानन्यायाधीशका रुपमा काम गरेका थिए ।

प्रतिक्रिया