देउवाले पनि लगाए ‘कोरोना भ्याक्सिन’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि कोरोनाविरुद्धको खोप लगाएका छन् । सभापति देउवाले बुधबार अपराह्न खोप लगाएका हुन् ।

यसअघि नै अन्य संघीय सांसदहरुले पनि कोरोनाविरुद्धको खोप लगाएका थिए । आगामी २३ फागुनबाट संसद्को अधिवेशन शुरु हुँदैछ । संसद् भवनमा खोप नलगाइ प्रवेश नपाइने भएकाले सबै सांसदहरुले अनिवार्य खोप लगाउनुपर्ने संसद् सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया