मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

कंगो र गुएनामा इबोला संक्रमण, ११ जनाको मृत्यु

कंगो । अफ्रिकी देशहरू कंगो र गुएनामा इबोलाका नयाँ संक्रमितहरु भेटिएको बताइएको छ । ती देशमा पछिल्ला केही दिनयता २८ जना व्यक्तिमा इबोलाको संक्रमण भेटिएको बताइएको हो ।

अफ्रिकन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले मंगलबार सो कुराको जानकारी दिएको हो । सो डिआरसीले दिएको रिपोर्टअनुसार यस प्रकोपबाट ११ जनाको निधन भएको छ ।

कंगोमा ११ जना इबोलाका बिरामी भेटिएका छन् । तीमध्ये चार जनाको निधन भएको छ । त्यसैगरी गुएनामा १७ जनामा इबोलाको संक्रमण भेटिएको थियो ।

त्यसैगरी गुएनामा सात जनाको निधन भएको थियो । सन् २०१४ मा पश्चिम अफ्रिकामा इबोला भाइरसको प्रकोप पाइएको थियो । त्यसमा परेर कम्तीमा पनि १३ हजार मानिसको ज्यान गएको थियो । अहिले पनि अफ्रिकामा यस भाइरसका संक्रमितहरु भेटिन थालेका छन् । –रासस

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com