चलचित्र ‘पाइरेसी’ को आरोपमा पक्राउ परेका परियार सार्वजनिक

काठमाडौँ । चलचित्र पाइरेसी गरेको आरोपमा पक्राउ परेका एक युवकलाई सार्वजनिक गरिएको छ । चलचित्र विकास बोर्डमा आयोजित पत्रकार सम्मेलनमार्फत लमजुङको बेशीसहरका सुजन परियारलाई सार्वजनिक गरिएको हो ।

डमरुको डन्डिबियो, सरौतोलगायतका चलचित्र पाइरेसी गरेको आरोप लागेका २५ वर्षीय युवकलाई प्रहरीले केही दिनअघि नै पक्राउ गरेको थियो । परियारले ‘सिनेमा घर गोल्ड’ एपबाट अनधिकृत रूपमा चलचित्र पाइरेट गरेर टेलिग्राम एप्लिकेसनमार्फत् अपलोड गरेका थिए ।

कलाकार खगेन्द्र लामिछाने र सागर खरेलको टिमले सञ्चालनमा ल्याएको एपमा रहेको चलचित्र पाइरेट गरेकोमा सञ्चालक खरेलले कानुनबमोजिम कारबाही हुनेगरी परियारविरुद्ध मुद्दा चलाइने बताए ।

अभिनेता लामिछानेले पाइरेसीका कारण चलचित्र उद्योग मारमा परेको बताउँदै पशुपतिप्रसाद पाइरेसीको पीडा अहिलेसम्म भोगिरहेको बताए । परियारलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरी टेकुस्थित महानगरीय प्रहरी परिसरमा राखेको छ ।

प्रतिक्रिया