चलचित्र ‘मिरर’ मार्फत कविराजको निर्देशकीय डेब्यु

काठमाडौँ । नृत्य निर्देशक कविराज गहतराजले चलचित्र निर्देशन गर्ने भएका छन् । ‘मिरर’ चलचित्र मार्फत उनले निर्देशकीय डेब्यु गर्ने तयारी गरेका छन् ।

कविराजले चलचित्रका लागि नायक आर्यन सिग्देललाई अनुबन्धित गरिसकेका छन् । नायिकाको रूपमा भने उपासना सिंह ठकुरीलाई अफर गरिएको छ । यी दुई हाल चलचित्र डिसेम्बर फलमा व्यस्त छन् । चलचित्रमा आर्यन र उपासनासँगै प्रशान्त ताम्राकारको पनि मुख्य भूमिका रहनेछ ।

उपासनालाई चलचित्र सत्यम् का लागि समेत अफर गरिएको छ । उनलाई दुवै चलचित्रको कथा मन परेको छ तर गर्ने नगर्ने टुंगो भने उनले अझै दिएकी छैनन् ।

प्रतिक्रिया