प्रचण्डले लगाए कोरोनाविरुद्धको खोप
२०७७ फागुन १९ गते

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा पुगेर प्रचण्डले खोप लगाएका हुन् ।
खोप लगाएपछि उनी आराम कक्षमा छन् । आज प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सदस्यहरु र मन्त्रीहरुले कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम बनाइएको छ । यसअघि सभामुख अग्नि सापकोटाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।
२०७७ फागुन १९ गते
प्रतिक्रिया
सम्बन्धित








