प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज

काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक बस्‍न लागेको हो ।

प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि यो समूहका नेताले दौडधूपमा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गरेको भन्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग छ ।

तर प्रधानमन्त्री ओलीले राजीनामा नदिएपछि अब कसरी अगाडि बढ्‍ने भन्‍ने बिषयमा रणनीति तय गर्नका लागि बैठक बस्‍न लागेको हो । नेता योगेश भट्टराईका अनुसार केन्द्रीय सदस्यहरूलाई नागरिकता र पार्टीको परिचयपत्रसहित उपस्थित हुन भनिएको छ ।

पार्टीको आधिकारिकता सम्बन्धि विवादमा छिटो निर्णय लिन ध्यानाकर्षण गराउँदै आएको प्रचण्ड-नेपाल समूहले आवश्यक परे ती कागजात निर्वाचन आयोगमा बुझाउने तयारी गरेको हो ।

प्रतिक्रिया