तस्बिरमा ताप्लेजुङको दोभानमा भएको आगलागी [तस्बिरहरू]

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा लागेको आगो पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन । मंगलबार बिहान ९ बजेदेखि लागेको आगो अझैसम्म पनि पूर्ण नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

आगलागीमा परी अहिलेसम्म १ जना घाइते भएका छन् भने ४७ घर पूर्णरुपमा जलेको प्रहरी कार्यालयले मकालु खवरलाई जानकारी दिएको छ । यसैगरी आगलागीबाट ७९ जना विस्थापित भएका छन् ।

दोभान बजार ताप्लेजुङको सदरमुकाम फुङलिङपछि दोस्रो ठूलो र व्यस्त बजार हो । बजारका प्रायः घरहरू जोडेर बनाइएका‚ काठ र टिनबाट निर्माण भएकाले आगलागीको झन् बढी जोखिम भएको स्थानीय प्रेम गुरागाईंले बताए ।

आगो नियन्त्रणमा तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी र स्थानीयवासी खटिएका छन् ।

केही तस्बिरहरू:
प्रतिक्रिया