‘गोर्खा वारियर २’ मार्फत रितेश चाम्सको डेब्यु

काठमाडौँ । चलचित्र ‘गोर्खा वारियर २’ निर्माणको औपचारिक घोषणा गरिएको छ । काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्र निर्माण घोषणा गरिएको हो । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति रहने चलचित्रमा चाम्स इन्टरटेनमेन्टले निर्माण सहकार्य गरेको छ । चलचित्र निर्देशन मिलन चाम्सले गर्नेछन् ।

चलचित्रमार्फत रितेश चाम्सले डेब्यु गर्दै छन् । चाम्सको साथमा कलाकार रेविका गुरुङ, जिजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर वाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरुप घले, सारा राई लगायतको अभिनय रहनेछ । सुदीप बरालको छायाङ्कन रहने चलचित्रमा एलिश कार्कीको सङ्गीत छ भने सम्पादन अर्जुन जिसीले गर्नेछन् । मिलन चाम्स निर्माता रहेको चलचित्रमा सुरेश राई र पूर्ण लिम्बु सह-निर्माताको रूपमा रहेका छन् । फागुनको अन्त्यबाट छायाङ्कन सुरु हुने चलचित्र सोलुखुम्बु सहित मलेसिया र बेलायतमा छायाङ्कन गरिने छ ।

प्रतिक्रिया