अदितिको चलचित्रबाट धिरजको डेब्यु

काठमाडौँ । नायिका तृप्ति नाडकरका छोरा चलचित्रमा आउने भएका छन् । उनका छोरा धिरज टोटलानीले नेपाली चलचित्रमा डेब्यु गर्न लागेका हुन् । सुरेन्द्र पौडेलको निर्देशनमा तयार हुने चलचित्र ‘बाबरी’ मा नायिका अदिति बुढाथोकीसँग उनले स्क्रिन सेयर गर्ने छन् ।

यसअघि अदितिले चलचित्र ‘कृ’मा अभिनय गरेकी थिइन् । चलचित्र ‘बाबरी’ अदितिकै होम प्रोडक्शनबाट बन्न लागेको हो ।चलचित्रको छायाङ्कन काठमाडौँ, सिक्किम लगायतका स्थानमा गरिनेछ । ४चलचित्रमा अदिति र धिरजको साथमा नितेशजंग कुँवरको मुख्य भूमिका रहनेछ ।

प्रतिक्रिया