घाटामा रहेको ‘जय नेपाल हल’ बन्द

काठमाडौँ । नेपाल चलचित्र सङ्घले कोरोना भाइरसले सिर्जित विषम परिस्थितिका कारण मुलुकका १० प्रतिशत हल बन्द हुने जनाएको छ । क्यूएफएक्सले विगत २० वर्षदेखि सञ्चालन गर्दै आएको जय नेपाल हल सधैँको लागि बन्द भएको हो ।

देवेन्द्र खड्गीका अनुसार सरकारले राहत उपलब्ध गराउन नसक्दा हलहरू बन्द हुन थालेका हुन् । महामारीपछि बन्द हुने अन्य हलहरूमा मोफसलका अधिकांश सिङ्गल थिएटर छन् ।

क्वेस्ट इन्टरटेनमेन्ट प्रमुख नकिम उद्दिनले घाटामा रहेर विगत २,३ वर्ष यता जय नेपाल हल सञ्चालन गर्दै आएकोमा कोरोनाका कारण अझ समस्या आएकोले हल नचलाउने निर्णय गरेको बताएका छन् । हलका सबै सामानहरू समेत विक्री भैसकेको उनले जनाए । भाडामा चलाइरहेको हल अब आफूले भने नचलाउने बताए ।

कोरोना महामारीका कारण मुलुकका अन्य धेरै हल समेत अहिले बन्द हुने अवस्थामा रहेका छन् । अहिले मुलुकमा १२० भन्दा बढी हल सञ्चालनमा छन् ।

प्रतिक्रिया