झापा र मोरङ पुग्दै प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली झापा र मोरङको उर्लाबारी जाने भएका छन् । उर्लाबारीमा एकीकृत सन्थाल बस्तीको शिलान्यासका लागि प्रधानमन्त्री ओली आज त्यहाँ जान लागेका हुन् ।

जनता आवास कार्यक्रममार्फत् एक सयभन्दा बढी घरधुरी बनाउने सरकारको तयारी छ । सहरी विकास मन्त्रालयमार्फत् करिब दुई वर्षमा बस्ती निर्माण सक्ने लक्ष्य छ ।

उर्लाबारीबाट ओली झापा जानेछन् । बिर्तामोडमा दुर्गा प्रसाईँले एक वर्षअघि सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गोपालमान श्रेष्ठ, शहरी विकास मन्त्री प्रभु साह, संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ, पूर्वमन्त्री महेश बस्नेत सहभागित हुनेछन् ।

यसैगरी कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, मनीषा कोइराला, भारतीय अभिनेतृ सोनाली बान्द्रेलगायतलाई निम्तो दिइएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले जानकारी दिए ।

प्रतिक्रिया