पृथ्वी खनालको ‘शिव ताण्डव’ सार्वजनिक

काठमाडौँ । पृथ्वी खनालले ‘शिव ताण्डव’ गीतको भिडियो सार्वजनिक गरेका छन् । ‘द भ्वाइस अफ नेपाल सिजन-२’ बाट चर्चामा आएका खनालले भिडियोमा अभिनय समेत गरेका छन् । गीतमा खनालको स्वर र देवेश राईले सङ्गीत संयोजन गरेका छन् । भिडियोमा पृथ्वीको साथमा स्वजन रघु वंशीलाई भिडियोमा देख्न सकिन्छ । भिडियोमा ग्रीष्मा भट्टको निर्माण, पिटर गुरुङको छायाङ्कन, विष्णुहरि तिमल्सिनाको सम्पादन र आरसी रिमालको सहायक निर्देशन पृथ्वी खनालको कथा निर्देशनमा बनाइएको छ । ‘शिव ताण्डव’  महाशिवरात्रीको अवसरलाई मध्यनजर गरी ल्याइएको हो ।

प्रतिक्रिया