आकाशे पानी सङ्कलन परियोजना सेनालाई हस्तान्तरण

काठमाडौं । वाटर एड नेपाल र कोका कोला फाउन्डेसनको सहयोगमा, एकीकृत शहरी विकास केन्द्रले निर्माण गरेको आकाशे पानी सङ्कलन तथा भूमिगत जल पुन भरण परियोजना नेपाली सेनाको राज दल गणलाई हस्तान्तरण गरेको छ ।

जनवरी २०२० मा शुरु भएको यस सहकार्यात्मक परियोजना सफल भए पनि सेनालाई हस्तातरण गरिएको हो । राज दल गणको पाटन ब्यारेक हाताभित्र उक्त परियोजना र्निाण गरिएको छ ।

यो परियोजना लगनखेल तथा यसका वरपरका क्षेत्रहरूमा भूमिगत जलको पुन भरण गर्ने गरी र यस प्रविधिलाई अझ व्यापक समुदायहरू माझ प्रदर्शन गर्ने लक्ष्य राखेर सञ्चालनमा ल्याइएको जनाइएको बताइएको छ ।

ब्यारेकको परिसरभित्र ५१ वटा फिल्टर च्याम्बरहरू सहितको ५१ पुन भरण इनारहरू निर्माण गरिएका छन् । उक्त इनारहरू मार्फत वार्षिक ५ करोड १० लाख लिटर जल भण्डारण हुने अनुमान गरिएको छ।

 

प्रतिक्रिया