बाबुराम भट्टराईलाई क्यान्सर नभएको पुष्टि

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पुष्टि भएको छ । दिल्लीमा उपचार गराएका पूर्व प्रधानमन्त्री भट्टराईमा क्यान्सर नदेखिएको चिकित्सकहरुले पुष्टि गरेका हुन् ।

भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार चिकित्सक टोलीले बायोप्सी, डीओटीए एनओसी परीक्षण, इन्डोस्कोपिक अल्ट्रासाउन्ड, पीईटी सीटी स्क्यानसहित अन्य परीक्षणपछि ट्युमरमा क्यान्सर नभएको पुष्टि गरेको हो । तर पेटमा देखिएको ट्युमरलाई भने दुई-तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने चिकित्सकको सुझाव छ ।

फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भट्टराईको स्वास्थ्य परीक्षण भइरहेको थियो । भट्टराई लामो समयदेखि पेटको समस्याबाट पीडित थिए । भट्टराई मंगलबार स्वदेश फर्कने भएका छन् ।

प्रतिक्रिया