‘थिरिमाली’ मा स्वस्तिमा, माओत्से र उमेश

काठमाडौँ । दक्षिण भारतीय चलचित्र ‘थिरिमाली’ मा नेपाली कलाकार देखिने भएका छन् । अभिनेत्री स्वस्तिमा खड्काको चर्चा लामै समय यता चल्दै आएको थियो भने यस चलचित्रमा माओत्से गुरुङ र उमेश तामाङको समेत अभिनय रहनेछ ।

अभिनेत्री स्वस्तिमाले गत बिहीबार चलचित्र निर्माण पक्षसँग सम्झौता गरेको बताएकी छन् । साथै अभिनेता गुरुङले चलचित्रमा देखिन लागेको बताए । दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाज र नेपालको तर्फबाट अनन्या फिल्म्सद्वारा चलचित्र निर्माण हुनेछ । राजीव सेट्ठीले निर्देशन गर्ने चलचित्रमा भारतीय कलाकार विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मालगायतको अभिनय रहने छ ।

चलचित्र मलायलमबाहेक हिन्दी र नेपाली भाषामा समेत बन्ने छ । नेपालको कपि राइट अधिकार अनन्या फिल्मस्‌ले लिएको छ । नेपालमा हुने  छायाङ्कनको जिम्मा समेत अनन्या फिल्मस्‌ले नै लिएको छ ।

प्रतिक्रिया