एट्लेटिको म्याड्रिडले भिल्लारियललाई हरायो

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिड विजयी भएको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले भिल्लारियललाई २–० गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिकोको जितमा जोआओ फेलिक्सले एक गोल गरे भने एक गोल भिल्ला रियलका अल्फोन्सो पेड्राजाले आत्मघाती गोल गरेका थिए । यो जितसँगै शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडले आफ्नो अग्रता बढाएको छ ।

एटलेटिको २४ खेलमा ५८ अंकसहित शीर्ष स्थानमा छन् भने २५ खेलमा ५३ अंकसहित बार्सिलोना दोस्रो स्थानमा रहेको छ । त्यस्तै २४ खेलमा ५२ अंकसहित रियल म्याड्रिड तेस्रो स्थानमा रहेको छ । त्यसैगरी भिल्लारियल भने २५ खेलमा ३९ अंकसहित सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया