काेराेना संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु

काठमाडाैं । कोभिड–१९ (काेराेना भाइरस) सङ्क्रमणबाट विदेशमा ज्यान गुमाउने नेपालीकाे संख्या ३३९ पुगेकाे छ ।

याे साता यूएईमा दुई र पोर्चुगलमा थप एक नेपालीकाे मृत्यु भएसँगै काेराेना संक्रमणबाट विदेशमा ज्यान गुमाउने नेपालीकाे संख्या त्यति पुगेकाे हाे। याे २१ देशकाे तथ्यांक रहेकाे गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिले जनाएकाे छ।

समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४०१ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।पोर्चुगल, फ्रान्स, युएई, साउदी अरब र कतारमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

यो साता इटाली, युक्रेनका नेपालीमा पनि पहिलो पटक सङ्क्रमण देखिएको छ ।

संक्रमितमध्ये ६० हजार १२४ जना निकाे भइसकेका छन् ।

प्रतिक्रिया