एमबाप्पेको दुई गोलमा पीएसजीको सानदार जित

काठमाडौँ । फेन्च लिग वान अन्तर्गत पेरिस सेन्ट जर्मेन (पीएसजी)ले डिजोनमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पीएसजीले डिजोनलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा किलियन एमबाप्पेले दुई गोल गरेका थिए भने मोइज कीन र डानिलो पेरेराले एक एक गोल गरेका थिए । यो जितपछि पीएसजी लिगमा दोस्रो स्थानमा उक्लिएको छ । पीएसजीको २७ खेलमा ५७ अंक रहेको छ ।

शीर्ष स्थानमा रहेको लिलको २६ खेलमा ५८ अंक रहेको छ भने तेस्रो स्थानमा रहेको लियोनको २६ खेलमा ५५ अंक रहेको छ । डिजोनको भने २ खेलमा केवल १५ अंक रहेको छ र लिगको पुछारमा रहेको छ ।

प्रतिक्रिया