‘सांसदको टाउको गन्ने खेलतिर लाग्नु विडम्बनापूर्ण’
काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले पुनः सरकार बनाउने खेलतिर लाग्नु विडम्बनापूर्ण भएको बताएका छन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले ट्वीट गर्दै सो कुरा बताएका हुन् । उही काम दोहोर्याएर फरक नतिजा खोज्नु पागलपन भएको उनको तर्क छ ।
‘आइन्स्टाइटन भन्थे- पुरानै कुरा दोहोर्याउनु अनि नयाँ परिणाम खोज्नु पागलपन हो। संसद् पुनर्स्थापनापछि देशमा एक पक्ष अनेक बहाना गरेर संसद विघटनतिर लान खोज्नु र अर्को पक्ष विगतको कुनै समीक्षा नगरी सांसदको टाउको गन्ने र सरकार बनाउने खेलतिर लाग्नु विडम्बनापूर्ण छ,’ उपचारको क्रममा दिल्लीमा रहेका भट्टराईले लेखेका छन्, ‘सबैले आत्मसमीक्षा गर्ने कि ?’
आइन्सटाइन भन्थे-पुरानै कुरा दोहोर्याउनु अनि नयाॅ परिणाम खोज्नु पागलपन हो!संसद पुनर्स्थापनापछि देशमा एक पक्ष अनेक बहाना गरेर संसद विघटनतिर लान खोज्नु र अर्को पक्ष विगतको कुनै समीक्षा नगरी सांसदको टाउको गन्ने र सरकार बनाउने खेलतिर लाग्नु विडम्बनापूर्ण छ! सबैले आत्मसमीक्षा गर्ने कि?
— Baburam Bhattarai (@brb1954) February 27, 2021