ओलीसँग एकता हुँदैन, भ्रममा नपर्नुस् [भिडिओसहित]

कामठाडौं । विपक्षी नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै पनि हालतमा एकता नहुने बताएका छन् । शनिबार काठमाडौंमा पार्टी सम्वद्ध शिक्षकहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । ‘अब केपी शर्मा ओलीसँग एकताको सम्भावना नै छैन,’ अध्यक्ष नेपालले भनेका छन्, ‘तपाईँहरु भ्रममा नपर्नुस् ।’

यस्तै अध्यक्ष नेपालले ओलीले बाम लगाएर आँशु निकाल्ने र जनतालाई भ्रममा पर्ने गरेको आरोपसमेत लगाएका छन् । ‘आँखामा बाम लगाएर निकालेको आँशुको कुनै अर्थ छैन,’ अध्यक्ष नेपालको तर्क थियो, ‘बाम लगाएर आँशु निकाल्छन् र भित्र कोठामा गएर मुसुमुसु हाँस्छन् । मुर्ख बनाएर पठाइयो भन्छन् । तपाईँहरु त्यस्तो भ्रममा नपर्नुस् ।’

बालुवा पेलेर तेल ननिस्किने दृष्टान्त सुनाउँदै अध्यक्ष नेपालले थपेका छन्, ‘अहिले फेरि केपी ओलीलाई सुधार्न बामदेवजीले कोशिश गर्दै हुनुहुन्छ । गर्नुहोस्, तर मैले भनेको बालुवा पेलेर तेल निस्किँदैन ।’

यस्तै अध्यक्ष नेपालले आफूहरुको कठोर संघर्ष ओलीलाई प्रधानमन्त्री पदबाट नहटाएसम्म रहनेसमेत बताएका छन् ।

प्रतिक्रिया