चैत ५मा ‘नेशनल ईन्टरटेनमेन्ट अवार्ड’ हुँदै

काठमाडौँ : मनोरञ्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै ‘नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१’ हुने भएको छ  । कार्यक्रम यही आउँदो चैत ५ गते बिहीबार रसियन कल्चर कमलपोखरीमा हुने भएको हो ।

मौलिक, कला, संस्कृति, सङ्गीत, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्मेटिक, टुरिजम एन्ड कल्चर क्षेत्रका व्यक्तित्वहरूलाई अवार्ड र सम्मान प्रदान गर्ने उद्देश्यले मनोरञ्जन तथा सङ्गीतका विभिन्न विधा अन्तर्गत रहेर  अवार्ड आयोजना गरिएको आयोजक समितिका अध्यक्ष रोशन पोखरेलले बताए । क्रियटिभ ईन्साइट मिडियाको प्रस्तुति तथा व्यवस्थापनमा हुन लागेको अवार्ड कार्यक्रमको संयोजक तथा निर्देशक भने सूर्य चन्द रहेका छन् ।

अवार्डमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरूलाई सम्मान गरिने छ भने कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया