गणेश उप्रेतीको ‘नजरको गुलेली’ सार्वजनिक

काठमाडौँ । रचना रिमालको आवाजमा रहेको गीत ‘नजरको गुलेली’ सार्वजनिक भएको छ । गणेश उप्रेतीको शब्द, तथा विराट कडरियाको सङ्गीत रहेको गीतमा पुरुषोत्तम सुवेदीले सङ्गीत संयोजन गरेका छन् । जीवन बुढाथोकीको निर्देशन रहेको भिडियोमा भूपालमान सिंह कार्की तथा सृजना लिम्बुको अभिनय छ । सम्पादन तथा छायाङ्कन सुवास लिम्बुले गरेका हुन् ।

प्रतिक्रिया