बद्री पङ्गेनीको ‘बिर्सियौ’ सार्वजनिक

काठमाडौँ । गायक बद्री पङ्गेनीको ‘बिर्सियौ’ बोलको गीत सार्वजनिक भएको छ । शब्द र सङ्गीत पङ्गेनीकै रहेको गीतमा मिलन नेवारले साथ दिएकी छन् । रेविन परियार, सुनितामी परियार, राजेश बर्देवा र तिलक बस्नेतले सामूहिक कोरस गाएका छन् । भिडियोमा भने सुनिल क्षेत्री र प्रिया अधिकारीलाई देख्न सकिन्छ । सुनिलले भिडियो निर्देशन गरेका हुन् । छायाङ्कन भने ज्ञानेन्द्र शर्मा हुमागाईँले गरेका छन् ।

प्रतिक्रिया