३१ सहसचिवको एकैपटक सरुवा तथा पदस्थापन

काठमाडौं । ३१ जना सहसचिवको सरकारले एकैपटक सरुवा तथा पदस्थापन गरेको छ ।

बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा ल्याइएको छ भने छविलाल रिजाललाई पनि सञ्चार मन्त्रालयबाट गृहमा नै ल्याइएको छ ।

यस्तै रामप्रसाद आचार्यलाई रक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

लगानी बोर्डको कार्यालयमा रहेका धर्मेन्द्रकुमार मिश्र मधेसी आयोगमा पुगेका छन् भने दीर्घराज मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया