‘फटाहा फणीन्द्रे’ मा बुद्धि र रवि अनुबन्धित

काठमाडौँ । चलचित्र ‘फटाहा फणीन्द्रे’ मा बुद्धि तामाङ ‘हैट’ र रवि डङ्गोल ‘बेमान’ अनुबन्धित भएका छन्  । यसअघि नै चलचित्रका लागि कलाकार कर्मा, छुल्ठिम गुरुङ, सुस्मा कार्की, रोहित रुम्बा, उत्तम केसी अनुबन्धित भइसकेका थिए । चलचित्रका निर्देशक वरुण खड्काले बुद्धि र रविसँग मङ्गलबार सम्झौता भएको बताएका छन् ।

चलचित्रका प्रस्तुतकर्ता सुनिल मानन्धर रहेका छन् भने निर्माता विक्रम सिंह गुरुङ र कार्यकारी निर्माता नेत्र विष्ट रहेका छन् । चलचित्र श्रीराम बालाजी फिल्म्स र अरुण फिल्म प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुन लागेको हो ।

यस चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व रहनेछ भने रामजी लामिछाने र कविराज गहतराजको नृत्य निर्देशन रहनेछ ।

विपिन मल्लको सम्पादन र ईश्वरलाल सिंकेमनको छायाङ्कन रहने चलचित्रले अपराधको विषय कमेडीको माध्यमबाट पस्कन लागेको हो । चलचित्रमा उत्तम केसीको कथा , पटकथा, संवाद हिमाल उप्रेती, सुशील पोखरेल र अरुण खड्काको रहनेछ । चलचित्र चैत्रको पहिलो साताबाट छायाङ्कनमा जानेछ ।

प्रतिक्रिया