सुनको मूल्य पाँच सयले घट्यो

काठमाडौं । आज (बिहीबार) पनि सुनको मूल्यमा ह्रास आएकाे छ ।

बुधबार प्रतिताेला ८९ हजार ८०० ताेकिएकाे छापावाल सुनकाे मूल्य बिहीबार पाँच सयले घटेर ८९ हजार ३ सयमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यस्तै आज तेजाबी सुनकाे मूल्य प्रतिताेला ८८ हजार ८५० ताेकिएकाे छ । बुधबार तेजाबी सुन ८९ हजार ३५० मा कारोबार भएकाे थियाे ।

यसैगरी बिहीबार चाँदी प्रतिताेला एक हजार ३५५ मा काराेबार भइरहेकाे छ । मंगलबार एक हजार ३६० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार एक हजार ३४५ मूल्य निर्धारण गरिएकाे थियाे । आज चाँदी १० रूपैयाँले बढेकाे हाे ।

प्रतिक्रिया