मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

उर्लाबारीमा युवा मृत्यु प्रकरण : ‘भवितव्य’ भनिएको घटना हत्या

मोरङ । मोरङको उर्लाबारीमा गत पुस ५ गते भएको हत्याका घटनामा प्रहरीले कडाइका साथ अनुसन्धान शुरु गरेको छ ।

साथीसँगै सुतेका उर्लाबारी नगरपालिका–५ निवासी प्रवीन बाँस्तोलाको बिहानपख मृत्यु भएको थियो । मृतकका परिवारले यो स्वाभाविक मृत्यु नभई हत्या भएको हुनसक्ने जनाएपछि प्रहरीले थप अनुसन्धान थालेको थियो ।

मृतकका बहिनी सदीक्षा बाँस्तोलाले घटना गम्भीर भएको र यसमा प्रहरीको अनुसन्धान कमजोर भएको टिप्पणीसहित प्रतिवाद गरेपछि प्रहरीले घटनाका सम्बन्धमा गहिरिएर अध्ययन गर्दा मृतकको मृत्यु स्वभाविक नभएर हत्या नै देखिएको प्रहरी उपरीक्षक सन्तोषकुमार खड्काले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले घटनाको छानविनमा केही ढिलाइ भए पनि दोषी उम्कन नदिने दाबी गर्दै पीडित परिवारले प्रहरीको अनुसन्धानमा देखाएको कमीकमजोरीका विषयमा पनि छानबिन भइरहेको धारणा राखे ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com