स्वास्थ्य मन्त्रालयले सच्यायो कोरोना संक्रमित मृतकको संख्या

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको तथ्यांक सच्याएको छ । मन्त्रालयले आज (बुधबार) एकैदिन कुल मृतक संख्यामा ६१८ जनाको संख्या थप गरेको हो ।

कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकसँग स्वास्थ्य मन्त्रालयकाे तथ्यांक मेल नखाँदा मन्त्रालयले काेराेना मृतककाे वास्तविक संख्या लुकाएकाे भन्दै आलोचना हुँदै आएको थियो । मृतकको संख्यामा फरक परेपछि छानविन गर्न गठित समिति नै गठन गरेकाे थियाे । समितिकाे प्रतिवेदनपछि मन्त्रालयले मृतक संख्या थप गरेकाे हाे ।

याेसँगै कुल मृतक संख्या २ हजार ६८४ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

यस्तै आज ९४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएकाे छ भने ७१ संक्रमित निको भएका छन् । योसँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ७६० पुगेको छ । संक्रमितमध्ये २ लाख ७० हजार १३९ जना निकाे भइसकेका छन् ।

प्रतिक्रिया