१ रुपैयाँमै ६ महिनाका लागि डिसहोमको फाइबर नेट जित्न सकिने

काठमाडौं । १ रुपैयाँमा ६ महिनाका लागि डिसहोमको फाइबर नेट प्याकेज जित्न सकिने भएको छ । दराज हाट बजारमार्फत् १ रुपैयाँमै ६ महिनाको इन्टरनेट प्याकेज जित्न सकिने व्यवस्था मिलाइएको हो ।

उक्त प्याकेज मंगलबारदेखि लागू भएको छ । डिसहोम नेटवर्क र नेपालको परिचित अनलाइन सपिङ ब्राण्ड दराजबीच त्यससम्बन्धी सम्झौता भएको हो । दुई कम्पनीबीचको सहकार्यमा दराज हाट बजारमा ७ हजार ८ सय ४५ पर्ने डिसहोम फाइबर नेटको प्याकेज १ रुपैयाँको गेममा भाग लिएर जित्न सकिनेछ ।

यसका साथै डिसहोमको नयाँ कनेक्सन, उपकरण तथा कम्बो प्याकेज पनि आकर्षक छुटमा दराजमार्फत् खरिद गर्न सकिन्छ । ग्राहकहरूलाई थप सेवा सुविधा दिने उद्देश्यले डिसहोमले दराजसँगको सहकार्यमा डिसहोमको उपकरणहरु सहुलियत मूल्यमा अनलाइनमार्फत् खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।

यसबाट ग्राहकहरुले डिसहोमको नयाँ कनेक्सन र प्याकेजहरु आकर्षक छुट मूल्यमा सजिलै अनलाइनमार्फत् पनि खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया